Patanjali Ayurved Nepal

हाम्रा नेतृत्व

योगऋषि स्वामी रामदेवजी

योगीश्री रामदेवजीको जन्म श्रीमती गुलाबदेवी र श्री रामनिवासको पुत्रको रूपमा हरियाणाको एक गाउँमा भएको थियो । वहाँले गाउँकै विद्यालयबाट सुरूवाती शिक्षा लिनुभयो । चौध वर्षको उमेरमा वहाँ कलवा ( हरियाणाको जिन्दनजिक) को एक गुरूकुलमा आाचार्य श्री बलदेवजीको शिष्यका रूपमा भर्ना हुनुभयो । त्यहाँ रहँदा वहाँले संस्कृत र योगको अध्ययन गर्नुभयो, र संस्कृत व्याकरण, योग, दर्शन, वेद र उपनिषदमा विशेषज्ञतासहित स्नातकोत्तर (आचार्य) हासिल गर्नुभयो । पछि वहाँ महर्षि दयानन्द सरस्वतिको जीवन र लेखनीबाट बढि प्रभावित हुनुभयो । वहाँले महर्षिको छत्रछायाँमा रहि सत्यार्थ प्रकाश, RG वेदादी भाष्य भुमिका ईत्यादिको गहन अध्ययन गर्नुभयो । योग, संस्कृत व्याकरण, र आयुर्वेदको प्रतिभाको रूपमा वहाँले निरन्तर प्रभावित गर्नुभयो । वहाँले आफ्ना निम्न दुई हिन्दी किताबहरूमा योगबाट प्राप्त हुने लाभका बारेमा बिस्तृत रूपमा व्याख्या गर्नुभएको छ :

१. योग साधना एवम् योग चिकित्सा रहष्य
२. प्राणायाम रहष्य

आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण जी

आचार्य बालकृष्णजी एक बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्छ । वहाँ आयुर्वेदका सर्वस्विकार्य अधिकारी र चर्चित लाभकारी वनस्पतिविज्ञ हुनुहुन्छ । वहाँ विश्वमा योगको क्रान्तिका लागि परिचित स्वामी रामदेवजीका सहकर्मी हुनुहुन्छ र पतन्जलि योगपीठ र दिव्य योग मन्दिर (ट्रस्ट) को आधारस्तम्भ हुनुहुन्छ । वहाँ प्राचिन ऋषिमुनिहरूको आध्यात्मिक परम्परालाई अभिबृध्दि गर्दै हुनुहुन्छ ।

आचार्य बालकृष्णजी एक प्रख्यात विद्वान् र मार्गदर्शक हुनुहुन्छ जसको मार्गदर्शन र नेतृत्वमा आयुर्वेदिक उपचार र अनुसन्धानले नयाँ उचाईहरू छुन सफल भएको छ । आचार्यजीले आयुर्वेदिक विधिको चिकित्साको सशक्तिकरणकर्ताका रूपमा संसारभरबाट प्रशंसा प्राप्त गर्नुभएको छ । वहाँका प्रयासहरूले सामाजिक, सांस्कृतिक, प्राज्ञिक र आर्थिक पाटाहरूमा उल्लेखनीय योगदान गरेको छ र शोध र उपचारको क्षेत्रमा सम्पूर्ण भूगोलमै गुणस्तरका उच्चतम् आधारहरू खडा गरेको छ ।