पतन्जली आयुर्वेद मेडिकल कलेज तथा रिसर्च सेन्टर – धुलिखेल, धुलिखेल - ७ काभ्रेमा अवस्थित पतन्जली योगपीठ नेपालको पहल हो । यसको स्थापना बि. सं. २०७३ मा भएको हो । यसै अन्तर्गत धुलिखेल ३ काभ्रेमा हाम्रो शिक्षण अस्पताल पनि संचालनमा रहेको छ । यसले स्नातक तहमा आयुर्वेदिक औसधि तथा सर्जरी (बाम्स) कक्षा संचालन गर्दै आएको छ जुन साँढे पाँच वर्षको चिकित्सा कोर्स हो (यसमा एक वर्षको इन्टर्नशिप पनि समावेश छ) । यहाँ कुल चालिस सिटमा पढाई हुन्छ जसमध्ये ८ सिट शिक्षा मन्त्रालय अन्तर्गतको छात्रवृत्तिका विद्यार्थीहरुलाई छुट्याइएको छ । यस संस्थालाई नेपाल संस्कृत विश्वविद्यालय दाङको सम्बन्धन प्राप्त छ ।
हामी स्वादिष्ट, शुद्ध, प्राकृतिक उत्पादनहरुमा प्रतिबद्ध छौं र सम्भव भएसम्मका उत्कृष्ट सामग्रीहरुबाट निर्मित हाम्रा गुणस्तरीय उत्पादनहरुप्रति गौरव गर्दछौं । हामी आफ्ना ग्राहकहरुलाई पहिलो प्राथमिकतामा राख्दछौं ।
पतन्जली योगपीठ नेपाल पतन्जली योगपीठ भारत अन्तर्गत सुपरिचित परमपुज्य योगऋषि स्वामी रामदेवजी र आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी द्वारा संचालित एक परोपकारी ट्रस्ट हो । नेपालमा योग र स्वस्थ जीवनशैलीको विकास र प्रबर्धन नै यस ट्रस्टको मुख्य उद्देश्य रहेको छ । यसले सतहत्तरै जिल्लामा व्यवहारिक तालिमसँगै निशुल्क योगकक्षा र शिविरहरु संचालन गर्दै आएको छ । यसले जडिबुटीको बँगैचा स्थापना गर्न र योग्य आयुर्वेद जनशक्ति उत्पादन गर्न पनि सघाएको छ । यस सँगसँगै यसले प्राकृतिक विपत्तिहरुका दौरान नेपालका बिपन्न समुदायलाई सहायता समेत प्रदान गरेको छ ।
राष्ट्रियता, आयुर्वेद र योगलाई आधारस्तम्भ मानेर हामी स्वस्थ समाज र राष्ट्र निर्माण गर्न प्रतिबद्ध छौं । संसारको गौरव र प्रतिष्ठालाई अभिवृद्धि गर्न हेतु हामी जनमानसको सेवा गर्दै उनीहरुको जीवनमा प्रकृतिको आशिर्वाद बर्साउने दिशामा अघि बढेका छौं । पूर्ण प्रतिबद्धता, वैज्ञानिक दृष्टिकोण, विवेकी योजना र वस्तुनिष्ठताका साथ हामी यस धर्तीमा सफलताको नयाँ अध्याय लेख्न आतुर छौं ।
आयुर्वेदको विकास र बढोत्तरीका लागि नेपाललाई एक आदर्शभूमि र बाँकी विश्वका लागि उदाहरण बनाउने ।
प्राचिन कालदेखि नै आयुर्वेदिक उत्पादनहरुले भारतको आर्थिक जीवनमा मुख्य भूमिका निर्वाह गर्दै आएका छन् । यसले खानामा स्वाद प्रदान गर्दछ र खानालाई झन् स्वादिष्ट बनाउँछ ।
पतन्जली प्रिमियम र प्राकृतिक उत्पादनहरुको अद्वितीय चयन गर्दछ र स्वादिष्ट अनि सुविधाजनक अवस्थामा तपाईंको ढोकामा डेलिभर गर्दछ । आफ्ना ग्राहकहरुको खुशी नै हाम्रो उच्च प्राथमिकता हो ।
गुणस्तरमा उच्च जोड, विभिन्न गुणस्तर चक्रहरु तथा विशेष गुणस्तर चक्रहरु र टोटल क्वालिटी म्यानेजमेन्टका आयोजनाहरुमा काम गर्ने विशेष आयोजना टोलीहरुले पतन्जली आयुर्वेद नेपालमा गुणस्तरलाई एक जीवनशैलीका रुपमा विकसित गर्दछन् ।
एकाइ स्टेरिलाइजरहरु ढोकाहरुका बीचमा उपयुक्त इन्टरलकिंग व्यवस्थाका साथ डबल इन्डेड हुन्छन् । निर्मलीकरण प्रक्रियाको प्रभावकारिता सुरुवातमा माइक्रोबियल स्पोर सूचकहरु प्रयोग गरि बायोलोजिकल इनएक्टिभेसन स्टडीहरुका आधारमा स्थापना गरिएको थियो त्यसपछि वर्षको कम्तिमा एक पटक च्याम्बरको थर्मल म्यापिंग गरिन्छ ।
जो योग चेतना में प्रतिष्ठित हो जाएगा, वह आत्म चेतना से, वह ...
तुम अपनी चेतना को बढ़ाओ और इतना बढ़ओ अपनी चेतना को की तुम्...
जब हम प्राणायाम का जप, प्राणायाम का तप करते हैं तब शरीर मे...
सारा ब्रह्मांड इस पिण्ड में है। शक्ति अंदर है, गर्मी भी अं...